ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला लघुवित्तको शेयरमा नकारात्मक सर्किट, शेयर मूल्य १० % घट्यो

२०७८ बैशाख, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौंमा । साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको छ ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ५२७ मा कायम भएको हो । कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । त्यसोत कम्पनीको शेयर विगत ३३ दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो ।

आइतवार पुन : विक्रेता हावी हुँदा शेयर मूल्य घटेको देखिन्छ ।  आइतवार कम्पनीको शेयर रू.५ हजार २८१ मा खुला भएर उच्च मूल्य रू. ५ हजार ४९३ सम्म पुगेको थियो । 

यो समाचार तयार पार्दाको समय २ : ३८ बजेसम्ममा मार्केट डेप्थमा उक्त कम्पनीको शेयर विक्री आदेश २८ हजार ७१७ रहेको छ भने खरीद आदेश शून्य रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्