ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रदेश आयुर्वेद औषधालयमा आइसोलेशन कक्ष निर्माण

२०७८ बैशाख, २७  
कर्णाली प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

सुर्खेत । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश आयुर्वेद औषधालय सुर्खेतले कोभिड आइसोलेशन कक्ष निर्माण गरेको छ । औषधालयले संक्रमितको उपचार सहज बनाउन तत्कालका लागि २५ शøयाकोे आइसोलेशन कक्ष निर्माण गरेको हो ।

प्राकृतिक वातावरणसहितको आइसोलेशन कक्षमा बिहान–बेलुका योग, ध्यान एवं जीवन जीउने कलाका बारेमा जानकारी गराइने औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले जानकारी दिए । हाल २५ शøयाको कोभिड आइसोलेशन कक्षको क्षमता बढाएर ५० शøया पु¥याउने योजना रहेको उनले बताए । उनका अनुसार अक्सिजन सहितको आइसोलेशनका लागि पनि पहल भइरहेको छ । ‘अक्सिजनको व्यवस्थासहितको आइसोलेशन कक्ष सञ्चालनका लागि थप बजेट बढाउन प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं,’ प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले भने, ‘प्राकृतिक वातावरणयुक्त आइसोलेशन निर्माण गरिए पनि संक्रमितका लागि प्रतिरोधात्मक क्षमता बढाउने औषधिसँगै आवश्यक परेमा अक्सिजनको समेत व्यवस्था गर्नेतर्फ जुटेका छौं ।’

बिरामीको रेखदेखका लागि आइसोलेशन कक्षमा चौबीसै घण्टा डाक्टरसहित स्वास्थ्यकर्मीको टीम परिचालन गर्ने व्यवस्था मिलाइएको उनले बताए । पृथक् खालको आइसोलेशन कक्षमा कोरोना संक्रमितलाई प्राकृतिक तवरबाटै उपचार गरिने उनको भनाइ छ ।

गतवर्षदेखि कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा आयुर्वेदिक पद्धतिमार्फत प्रदेशभरका क्वारेन्टाइन, आइसोलेशन, होम आइसोलेशन र भ्यान्टिलेटरमा रहेका बिरामीलाई समेत उपचार गरिएको बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि करीब १८ हजार नागरिकलाई निःशुल्क वितरण गरिएको उनले जानकारी दिए । यस्तै औषधालयका कविराज निरीक्षक श्रीराम आचार्यले औषधालयबाट दैनिक १ सय सेवाग्राहीलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण भइरहेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्