ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तुलसीपुरमा ‘अटो एम्बुलेन्स’ सञ्चालन

२०७८ बैशाख, २७  
प्रदेश ०५
Image Not Found

दाङ (अस) । कोरोना संक्रमितको संख्या बढ्दै गएर एम्बुलेन्सको अभाव हुन थालेपछि दाङको तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन गरिएको छ । तुलसीपुर क्षेत्रका जनप्रतिनिधि र व्यवसायीको सहकार्यमा ९ ओटा अटोलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको हो । तुलसीपुर उपमहानगरपालिकाका १९ ओटै वडामा पायक पर्ने स्थानबाट साविककै भाडादरमा ती अटो एम्बुलेन्सहरूले बिरामीलाई अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको उपमहानगरपालिकाका कार्यपालिका सदस्य दीपक कुमालले बताए । ‘अहिलेको अवस्था भनेको समयमा, त्यो पनि स्थानीयस्तरमा एम्बुलेन्स पाइने अवस्था छैन,’ उनले भने, ‘यो समस्याको समाधानका लागि अटो एम्बुलेन्स सञ्चालन गरेका हौं ।’

नगर क्षेत्रमा अटो एम्बुलेन्सहरूले शुक्रवारदेखि नै सेवा दिन थालेका छन् । अटो एम्बुलेन्स पहिचानका लागि ब्यानर र स्टीकर टाँसिएको छ । अटो चालकले बिरामीबाहेक अन्यलाई बोकेमा कारबाही गरिनेछ । उनीहरूलाई स्वास्थ्य सुरक्षाका लागि पीपीई र स्यानिटाइजर लगायत सामग्री उपलब्ध गराइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्