ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डोल्पामा व्यावसायिक ओखर खेती : १८ हजार ओखरका बिरुवा रोपिदैं       

२०७८ बैशाख, २७  
कर्णाली प्रदेश
Image Not Found
फाइल फोटो

वैशाख २७, डोल्पा  । यहाँ व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर, फिन्क्वाइटलगायतका जातका १८ हजार बिरुवा खरीद गरि जहाजमा ढुवानी शुरु गरिएको छ ।     
     
 क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतको ९१ लाख ६२ हजार रुपैया अनुदानबाट बिरुवा खरीद गरि सोमवारदेखि जहाजमा ढुवानी शुरु गरिएको हो ।सोमवारमात्रै समिट एयरको जहाजमा नेपालगञ्जबाट ९ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी दिए।     
     
 सम्पूर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी ९ हजार बिरुवा मंगलवार आइपुग्ने लामाको भनाइ छ । एउटा ओखरको बिरुवाको टर्कीबाट खरीद गरि समुन्द्रीमार्ग हुँदै डोल्पासम्म ल्याइ पुर्‍याउँदा १०९ रुपैयाँ परेको कृषि विकास कार्यालयले बताएको छ ।     
     
 जिल्लाका सम्पुर्ण ओखर पकेट र बल्गमा आवद्ध इच्छुक कृषक तथा समूहका लागि बिरुवा वितरणका लागि आइतवार नै सूचना जारी गरिएको कार्यालयको भनाइ छ । मंगलवारदेखि नै बिरुवा वितरण शुरु गरेर तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका पठाइने कृषि कार्यालयले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्