ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ल्होत्से र पुमरी हिमालको आरोहण शुरु

२०७८ बैशाख, २७  
प्रदेश ०१
Image Not Found
फाइल फोटो

वैशाख २७, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुस्थित सगरमाथा क्षेत्रमा पर्ने ल्होत्से (८ हजार ५१६ मिटर) हिमाल आरोहण शुरु भएको छ । 

आरोहणको बाटो बनाउन डोरी टँगाइ (रोप फिक्सिङ) का लागि गएको ६ सदस्य आरोही सोमवार साँझ ६:४५ मा ल्होत्से चुचुरामा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले जानकारी दिएको छ । ल्होत्से आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष आरोहीले आरोहण अनुमति लिएका छन् । 

विभागका निर्देशक मीरा आचार्यले वसन्त यामको ल्होत्से आरोहण पनि औपचारिक रुपमा शुरु भएको बताए । त्यसैगरी पुमरी (७ हजार १६१ मिटर) हिमालको सफल आरोहण पनि  भएको छ । चार  नेपाली र दुई भारतीयले सोमवार अपराह्न हिमाल आरोहण गरेको विभागले जानकारी दिएको छ । चालू याममा पुमरी आरोहणमा नौ आरोहीलाई अनुमति दिइएको छ । 

वसन्त याममा सगरमाथासहितका विभिन्न हिमालको आरोहण जारी छ । सगरमाथा आरोहण यही वैशाख २४ देखि शुरु भएको थियो । कीर्तिमानी  कामीरिता शेर्पा नेतृत्वको १२ जनाको शेर्पा आरोही समूहले सगरमाथाको चुचुरामा डोरी टाँग्ने कार्यसँगै व्यावसायिक आरोहण शुरु भएको हो ।

संस्कृति मन्त्रालयका अनुसार वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् । तीमध्ये सगरमाथाका मात्रै सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोही छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्