ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उद्योगी टिवडेवालाको निधन

२०७८ बैशाख, २८  
प्रदेश ०१
NA
author avatar अभियान संवाददाता

विराटनगर । कार्पेट उद्योगका सञ्चालक तथा मोरङ व्यापार संघका कार्यकारिणी समितिका सदस्य ४५ वर्षीय सुनील टिवडेवालाको कोरोना संक्रमणका कारण सोमवार विराट अस्पताल विराटनगरमा निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी एक सातादेखि अस्पतालको सघन उपचार कक्षमा उपचाररत थिए । बीचमा उनको स्वास्थ्यमा राम्रो सुधार समेत देखिएको थियो । तर उपचारकै क्रममा सोमवार बिहान करीब ४ बजे उनको मृत्यु भएको हो ।

उद्यमी टिवडेवालाले हाइटेक कार्पेट र एसटी फेब्रिक्स कार्पेट गरी दुई प्रकारका कार्पेट उत्पादन गर्ने उद्योग सञ्चालनका साथै नवीन डिस्टिब्युटर्स नामबाट देशभरि इलेक्ट्रोनिक सामग्रीको कारोबार पनि गर्दै आएका थिए ।

यस्तै कोरोना संक्रमणकै कारण आइतवार विराटनगर–८ का पुस्तक व्यवसायी विष्णु खतिवडाको पनि मृत्यु भएको छ । उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार बेलुका ७ बजे उनको मृत्यु भएको हो ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा वैशाख १० गते पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि धरान लगिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्