ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निषेधाज्ञा १५ दिन लम्ब्याउने तयारी

२०७८ बैशाख, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने तयारी गरिएको छ । आइतवार र सोमवारको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निष्कर्ष निकालेको छ ।

निषेधाज्ञामा काठमाडौं उपत्यकामा भीडभाड बढेकाले मंगलवार बस्ने उपत्यकाका तीन जिल्लाका प्रजिअहरूको बैठकले कडाइका साथ निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘हामी कडाइका साथ १५ दिन निषेधाज्ञा थप गर्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘अझै केही क्षेत्रमा कडीकडाउ गर्नुपर्छ भन्ने निष्कर्ष निस्किएको छ ।’

उनले भीडभाड हुने क्षेत्र, सार्वजनिक निर्माणका क्षेत्र र जनशक्ति थप गरेर अनावश्यक हिँडडुल गर्नेलाई कारबाही गर्ने गरी निषेधाज्ञा थपिने जानकारी दिए ।

विवाह/व्रतबन्धलगायत क्रियाकलापले संक्रमण बढाएकाले यस्ता क्रियाकलाप रोक्ने छलफल पनि भएको उनको भनाइ छ । ‘यसअघि १५ जनासम्मको सहभागितामा विवाह/व्रतबन्धका कार्यक्रम हुन दिने गरिएकोमा अब यसलाई अझ कसिलो पार्ने भनेका छौं,’ उनले भने । निषेधाज्ञाको आधिकारिक निर्णय भने मंगलवार (आज) बस्ने उपत्यकाका तीन प्रजिअको बैठकले गर्ने जानकारी उनले दिए ।

उपत्यकामा गत वैशाख १६ गतेदेखि १ साताका लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि १ साताका लागि थप गरिएको जारी निषेधाज्ञा वैशाख २९ मा सकिँदै छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्