ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो त्रैमासमा बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा वृद्धि

२०७८ बैशाख, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं ।  चालू आवको तेस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल तराई र बालाजुको नाफामा वृद्धि भएको छ । 

बोटलर्स नेपाल तराईले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड २६ लाख ३५ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३७ करोड १४ लाख २७ हजार पुरयाएको छ । 

त्यसैगरी बोटलर्स नेपाल बालाजुले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २९ करोड ४६ लाख २२ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा उक्त कम्पनी रू.१ करोड ८० लाख नोक्सानीमा थियो ।

चालू आवको तेस्रो त्रैमासमा दुबै कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बोटलर्स बालाजुको सञ्चालन आम्दानी ११ प्रतिशत र तराईको १६ प्रतिशतले वृद्धि भएको छ । 

त्यसैगरी सो अवधिमा ती दुबै कम्पनीको विक्री आम्दानी भने ऋणात्मक देखिएको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड- १९ को असर ती कम्पनीमा पनि देखिएको छ । बोटलर्स नेपाल तराईको विक्री आम्दानी रू. २ अर्ब ८९ करोड २ लाख ऋणात्मक रहेको छ ।

 कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ अर्ब ८७ करोड ४२ लाख सञ्चालन आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ अर्ब ५२ करोड २५ लाख पुगेको छ ।

कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २७ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.३०७ पुगेको हो । उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू.२ हजार ११७ रहेको छ । चुक्तापूँजी रू.१२ करोड १० लाख रहेको कम्पनीले जगेडामा रू. २ अर्ब ४४ करोड ७ लाख सञ्चित गरेको छ । 

त्यसैगरी बोटलर्स नेपाल बालाजुको सञ्चालन नाफा गत आवको तेस्रो त्रैमासमा रू. ५ अर्ब ६२ करोड ४० लाख रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६ अर्ब १९ करोड २४ लाख ७० हजार पुगेको छ । उक्त कम्पनीको विक्री आम्दानी चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ४ अर्ब ११ करोड ४६ लाख ऋणात्मक रहेको छ । 

उक्त कम्पनीको प्रतिशेयर आम्दानी गत आवको तेस्रो त्रैमासमा रू. १४ ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर रू. १३४ पुगेको छ । नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा वृद्धि भएको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २ हजार ७९ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्