ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना संक्रमति बढेको भन्दै कालीमाटी तरकारी बजार बन्द गर्न निर्देशन       

२०७८ बैशाख, २८  
समाचार
Image Not Found

वैशाख २८, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको  संख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।

तरकारी बजार विकास समितिले मंगलवार एक सूचना जारी गर्दै मंगलवारदेखि कृषक बजार बन्दको निर्णय भएको बताएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार मंगलवारदेखि कृषक बजार, बुधवारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीवारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो ।     
     
समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको विक्री वितरण गर्न सक्ने बताएको छ । जसमा एक ओटा थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिइएको छ ।     
     
 समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज लगाइएको बताएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन र्‍यार्क/ होल्डिङ र्‍यार्कमा कारोबार गर्न निर्देशन दिइसकेको छ । गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन ओटा जिल्लामा निषेधाज्ञा लागू भएसँगै बिहान ३ देखि ९ बजेसम्म तरकारी बजार खुला हुँदै आएको थियो ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्