ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चीनको जनसंख्या निरन्तर घट्दो : तथ्याँक ब्यूरो        

२०७८ बैशाख, २८  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख २८, पेचिङ । चीनको राष्ट्रिय तथ्याँक ब्यूरोले चीनको जनसंख्या अझै केही वर्ष १ अर्ब ४० करोडभन्दा केही बढी हुने बताएको छ ।     

ब्यूरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै आइ नपुगेको बताउँदै तर त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको जानकार दिएका छन्।     

हालैका वर्षका जनसांख्यिक प्रवृत्तिलाई आधार मान्दा चीनको जनसंख्या वृद्धि निरन्तर घट्ने देखिन्छ, उनले भनेका छन् । उमेरको संरचना, छोराछोरी जन्माउने बारेमा मानिसका धारणा, सरकारको जनसंख्या नीति, बालस्याहारमा हुने खर्च, स्वास्थ्य सेवा र मानिसको स्वास्थ्य अवस्था जस्ता पक्षले पनि जनसंख्या वृद्धिमा असर पर्ने उनले बताए।     

चीनको जनसंख्या १ अर्ब ४१ करोड पुगिसकेको छ । विगत एक दशकमा चीनको जनसंख्या वार्षिक औसतमा शून्य दशमलव ५३ प्रतिशतले वृद्धि भएको मंगलवार सार्वजनिक विवरणमा देखिएको तथ्याँक ब्यूरोले बताएको छ ।     

ब्यूरोका अनुसार सन् २००० देखि २०१० सम्म वार्षिक शून्य दशमलव ५७ प्रतिशतको जनसंख्या वृद्धि रहेकामा पछिल्लो दशकमा भने केही कमी आई शून्य दशमलव ५३ प्रतिशत रहेको छ ।     

उनका अनुसार चीनको जनसंख्या वृद्धि पछिल्लो दशकमा निरन्तर घट्नेक्रममा देखिएको छ । रासस/ सिन्ह्वा 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्