ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मलेशियाको वन एमडीबीले हाल्यो दोयचे, जेपी मोर्गन र काउट्समाथि मुद्दा

२०७८ बैशाख, २८  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख २८, क्वालालम्पुर (मलेशिया) । मलेशियाको सरकारी लगानी कोष वन एमडीबीले दोयचे बैक, जेपी मोर्गन र काउट्स एण्ड कम्पनीको सहायक कम्पनीहरु माथि मुद्दा हालेको छ ।

उसले  कोषमा भ्रष्टाचार घोटालामा गुमेको भनिएको रकम भर्पाईका लागि मुद्दा हालेको हो । रोयटर्सले हेरेको अदालती कागजपत्रअनुसार दोेयचे बैंकको मलेशियाली एकाईबाट वन एमडीबीले १ अर्ब ११ करोड डलर दाबी गरेको छ ।

जेपी मोर्गनको स्वीस एकाईबाट ८० करोड डलर र स्वीटजरल्याण्डमा रहेको काउट्सिको एकाईबाट १ अर्ब ३ करोड डलर मागेको छ ।

मुद्दाअनुसार यी तीन ओटै कम्पनीसँग ब्याज भुक्तानी पनि मागिएको छ । लापरवाही, करारको उल्लंघन, धोकाधडी/ क्षति पुर्‍याउने षडयन्त्र र बेइमान सहयोगका आधारमा ती दाबी गरिएको क्वालालम्पुर अदालतमा शुक्रवार दायर भएको मुद्दामा भनिएको छ । मुद्दामा गरिएको दाबीबारे तत्कालै तीन ओटै कम्पनीहरुले केही पनि प्रतिक्रिया दिएका थिएनन् ।

भ्रष्टाचार घोटालामा संलग्न विविध कम्पनी र मानिसहरुबाट २३ अर्ब डलरभन्दा बढीको सम्पत्ति असुल्न वन एमडीबी र पूर्व एकाईले २२ ओटा देवानी मुद्दा हालेको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्