ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साढे ४ अर्बको शेयर खरीदविक्री भएको बजारमा पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७८ बैशाख, ३०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ११ दशमलव ५४ अंकले बढेर २ हजार ६८५ दशमलव ४१ विन्दुमा पुगेको छ । 

शून्य दशमलव ४३ प्रतिशतले बढेको बजारमा २१४ ओटा कम्पनीको रू. ४ अर्ब ५३ करोड ४४ लाख २३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा दिव्यश्वरी हाइड्रोपावर, समता घरेलु लघुवित्त र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, रु रु जलविद्युत् परियोजना, जोशी हाइड्रोपावर, प्रोग्रेशिभ फाइनान्स, समृद्धि फाइनान्स, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्स, युनियन हाइड्रोपावर, आखुँखोला जलविद्युत र विशाल बजारको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३० करोड १० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ५९० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेशनल हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १८० मा रू. १७ करोड ७५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्