ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो त्रैमासमा महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमाशुल्क २२% बढ्यो

२०७८ बैशाख, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमाशुल्क २२ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा कुल रू. ६४ करोड ९६ लाख २३ हजार बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७९ करोड ४९ लाख २३ हजार पुगेको हो । 

त्यसैगरी, कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड ६८ लाख नाफा कमाएको छ । नाफा गत आवको तुलनामा चालू आवमा १ दशमलव ४९ प्रतिशतले वृद्धि भएको हो । 

त्यसैगरी, कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा १८ प्रतिशत कमी आएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ११ करोड २१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा भने रू. ९ करोड ९ लाख ६६ हजारमा सीमित भएको हो । 

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । कम्पनीले पूँजी वृद्धिका लागि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । 

नियामक निकाय बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको पूँजी रू. २ अर्ब पुर्‍याउनु पर्ने भएकाले आईपीओ जारी गर्ने भएको हो । कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या २३ हजार ३१९ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्