ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिहीवार ८८४२ जनामा कोरोना संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

२०७८ बैशाख, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । बिहीवार देशभरमा ८ हजार ८४२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कारोना संक्रमण पुष्टि हुनेको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिएको जानकारी अनुसार गत २४ घण्टामा ८ हजार ८४२ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ । तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र ८ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोेलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन् ।

सोहि अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २१४ जना रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको मन्त्रालयको दिएको जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ५५ रहेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन लाख २१ हजार ५१८ पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्