ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डिजिटल बैंकिङबाटै कारोबार गर्न बैंकर्सको अनुरोध

२०७८ बैशाख, ३१  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । कोभिड संक्रमण बढ्दै गएकाले डिजिटल बैंकिङबाटै कारोबार गर्न नेपाल बैंकर्स संघले आमग्राहकलाई अनुरोध गरेको छ । संक्रमणको सम्भाव्य जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ कारोबारलाई प्राथमिकता दिन संघले बिहीवार विज्ञप्तिमार्फत सेवाग्राहीलाई अपील गरेको हो ।

संघका अनुसार निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखाबाट अत्यावश्यक सेवा भने प्रदान गरिनेछ । अत्यावश्यक परेमा ग्राहकले खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी रकम खातामा जम्मा गर्न, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस, आरटीजीएस जस्ता माध्यमबाट) कारोबार गर्नुपर्ने मात्र बैंक जान संघले अनुरोध गरेको छ । साथै, विप्रेषण भुक्तानी, अन्तरराष्ट्रिय व्यापार जस्ता अत्यावश्यक सेवा लिन भने बैंक जान सकिने बताइएको छ । अन्य केही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिलाई शाखा कार्यालय तथा बैंकको वेबसाइटमा उपलब्ध ठेगानामा सम्पर्क गर्न संघले सुझाएको छ । विद्यमान असहज परिस्थितिमा समेत बैंकहरूले आफ्नो सेवालाई निरन्तरता दिँदै आएको संघले बताएको छ ।

‘नेपाल सरकारले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई ध्यानमा राख्दै डिजिटल बैंकिङको प्रयोग गर्नुहुन अनुरोध गर्दछौं । डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा ईमेलमार्फत सम्पर्क गर्न सकिनेछ,’ विज्ञप्तिमा भनिएको छ । साथै बैंकहरूका सबै एटीएम खुला रहनुका साथै कल सेन्टर समेत कार्यालय समयभर उपलब्ध रहेको जानकारी समेत संघले दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्