ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पछिल्लो २४ घण्टामा कोरोनाबाट २१४ को मृत्यु

२०७८ बैशाख, ३१  
समाचार
NA

काठमाडौं (अस) । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २१४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोनाबाट २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीवार २० हजार २४५ को कोरोना परीक्षण गरिएकोमा ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ ।

यसैगरी बिहीवार ५ हजार ५५ जना निको भएसँगै हालसम्म ३ लाख २१ हजार ५१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । केही दिनयता नेपालमा कोरोनाबाट मृत्युको दर बढ्दै गएको छ । गम्भीर बिरामीलाई अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने भए पनि मागअनुसार आपूर्ति नहुँदा मृत्यु हुनेको संख्या बढेको देखिएको छ ।

प्रतिक्रिया [1]
User Image

मनोज राई

[May 14, 2021 01:18am]

पहिलो कुरा त नेपाल सरकारले कोरोना भाइरस बिरुद्ध सामग्री तथा आवश्यक अक्सिजन उपलब्ध जस्ता विशेष फोकस नगर्नु पनि कोरोना बिरामीको मृत्यु दर बढेको हो । नेपाल सरकारको यो सबैभन्दा घटिया लज्जास्पद निज कार्य हो भन्ने सारा नेपालीको गुनासो हो । अब अझै समस्या फैलिन सक्छ त्यस्को लागि नेपाल सरकारले तिब्र होस पुर्याउनु पर्छ भन्ने मेरो भनाइ छ। धन्यवाद ।


प्रतिक्रिया दिनुहोस्