ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोनाबाट बच्न आफै सचेत बनौं

२०७८ बैशाख, ३१  
पाठक विचार
NA

विज्ञहरूले आगामी केही हप्ता कोरोना संक्रमण निकै भयावह हुने बताएका छन् । त्यसैले केही कष्ट सहेरै भए पनि घरभित्र बसेर यसलाई क मगर्न मद्दत गर्न सकिन्छ । अहिले अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । त्यसैले ३ हप्ता सबैजना कडा सेल्फ लकडाउनमा बस्ने हो भने संक्रमणको दर घटाउन सकिन्छ । जीवनको तुलनामा दुःख सानो हो । पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर निस्कनुपर्छ । ६ फिटभन्दा धेरै दूरी कायम गरौं । हात साबुनपानी र स्यानिटाइजरले धोइरहौं । भेटघाट पूरै बन्द गरौं । कोरोना लागेर अकालमा ज्यान गुमाउनुभन्दा केही कष्ट सहेर बसौं ।

राज्यले उपचार गर्न सक्दिन भनेर हात उठाइसकेको छ । अस्पतालमा बेड छैन, अक्सिजन छैन । औषधि छैन । सबैतिर हाहाकार छ । यस्तो हाहाकारमा आफ्नो ज्यान जोगाउनतिर लाग्नु नै बुद्धिमानी हुन्छ । अहिले उपचार निकै कठिन र जोखिमपूर्ण छ । सरकारले कडाइ गरेको हाम्रै लागि हो । सचेत भयौं र सतर्क भयौं कोरोना लाग्नबाट बच्न सकिन्छ । आफू बच्नु परिवारलाई बचाउनु भनेको समुदायलाई बचाउनु हो । त्यसैले हरेक नागरिक आफै सतर्क बनौं सचेत बनौं । सरकारले दिएका निर्देशनहरू पालना गरौं ।

मानव देवकोटा
रानीबारी बालाजु, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्