ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बगैंचाको सौन्दर्य बढाउन दुबो

कति हुन्छ खर्च ?

२०७८ बैशाख, ३१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

काठमाडौं । घरको बगैंचामा औषधीय गुण भएका बिरुवा मात्रै होइन, शारीरिक अभ्यास कम हुँदा हुने उच्च रक्तचाप, मुटुका बिरामी, मधुमेह (सुगर) का बिरामी तथा अन्य खाले बिरामीका लागि हिँडडुल गर्न दुबो उपयोगी हुन्छ । यसले घरअगाडि तथा वरिपरिको बगैंचाको आकर्षण बढाउनुका साथै अक्सिजन पनि पर्याप्त मात्रामा दिन्छ ।

अर्काेतर्फ बढ्दो सहरीकरणसँगै ‘टेबल वर्क’ को प्रचलन बढी हुँदा ‘हार्ड वर्क’ भने कम हुँदै आएको छ । टेबल वर्कका कारण शारीरिक अभ्यास पनि कम हुँदै जाँदा विभिन्न खाले स्वास्थ्य समस्या  देखा पर्छन् । डाक्टरले बिहान–बेलुका दुबोमा खाली खुट्टा हिँडडुल गर्न सुझाएको हामी पाउँछौं । बगैंचालाई आकर्षक र हरियाली बनाइराख्ने दुबो छिटफुट रूपमा घरका बगैंचामा देखिए पनि खाली जग्गा तथा छतमा पनि दुबो लगाउन सकिन्छ ।

घरको बगैंचा तथा छतमा दुबो लगाउन के–कति खर्च गर्नुपर्छ, कसरी लगाउने र हेरचाह कसरी गर्ने भन्ने विषयमा ९ वर्षदेखि घरमा दुबो पुर्‍याउने, लगाइदिने काम गर्दै आएका कालिञ्चोक दुबो सप्लायरका सञ्चालक सञ्जेल लामा भन्छन्, ‘ग्राहकले दुबो किन्दा त्यसको गुणस्तरमा ध्यान दिनुपर्छ भने यसको मूल्य प्रतिस्क्वायर फिट ४० देखि ५० रुपैयाँसम्म पर्छ ।’ घरको सानो बगैंचामा पनि दुबो लगाउन सकिने उनले बताए । लामाले भने,  ‘ग्राहकले आफैं पनि लगाउन सक्ने हुन्छ ।’

दुबो चाक्ला अवस्थामा पाइन्छ । यसलाई माटोसहित जमिनबाट कटिङ गरेर चाक्ला बनाएर विक्री गरिने र आवश्यक परामर्श लिएर घरधनीले दुबो लिएर आफैं लगाउन सक्ने उनी सुझाउँछन् । १५ रोपनीमा दुबो खेती गर्दै आएका उनले विशेषगरी घरको छतमा लगाउँदा घरधनीले आफैं नभई यससँग सम्बन्धित व्यवसायीलाई नै लिएर चाक्ला छाप्नुपर्ने उनको अनुभव छ । घरको छतमा दुबो लगाउन सकिने भए पनि यसमा विशेष सावधानी अपनाउनुपर्छ ।

घरको बगैंचामा दुबोको चौर बनाउँदा पानी नजम्ने खाले बनाउनुपर्छ । दुबोमा पानी नियमित राख्नुपर्छ भने बेलाबेला झारपात गोडमेल गर्नुपर्छ । घरको आकर्षणका लागि बनिबनाउ दुबो पनि बजारमा नपाइने होइन । तर, प्राकृतिक रूपमै पाइने दुबो बगैंचामा लगाउँदा यसले उपचारका साथै सुन्दर बगैंचा र मानिसलाई प्राकृतिक आनन्द दिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्