ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गणपति लघुवित्तको १५% बोनस शेयर हितग्राही खातामा जम्मा 

२०७८ बैशाख, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । 

कम्पनीले गत फागुन २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो । 

सो लाभांश प्रयोजनका लागि फागुन १४ गते बुक क्लोज गरेकाले फागुन १३ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिएको कम्पनीको भनाइ छ । 

साथै, उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । 

कम्पनीले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराईसकेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्