ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१.२३% ले बढेको बजारमा रू रू जलविद्युतको शेयरमूल्य १०% ले वृद्धि (१ बजेको अपडेट)

२०७८ जेठ, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २, काठमाडौं । आइतवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३३ दशमलव १३ अंकले बढेर २ हजार ७२७ दशमलव २२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव ३२ प्रतिशतले बढेको हो ।

दोस्रो घण्टाको अवधिमा २०९ ओटा रू. ४ अर्ब ८९ करोड २८ लाख ५५ हजार बराबरको खरीदविक्री शेयर भएको छ ।

कारोबारको दोस्रो घण्टामा रू रू जलविद्युत् परियोजनाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, समता घरेलु लघुवित्त, सप्तकोशी डेभलपमेण्ट बैंक र शिखर इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४८ करोड १७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ६२६ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव शून्य ३ र शून्य दशमलव १९ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त,  निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्