ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बजार बढेसँगै ८ ओटा कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि

२०७८ जेठ, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार बढेसँगै आठ ओटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । 

यसदिन कारोबारमा आएका २१४ ओटा कम्पनीमध्ये आठ ओटा कम्पनीको शेयर मूल्यमा सर्किट लेबलमा वृद्धि भएको हो ।योदिन सबैभन्दा बढी रू रू जलविद्युत् परियोजनाको शेयर मूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८८० पुगेको हो । कम्पनीको शेयर कारोबार आएको आइतवार १० औं दिनसम्म लगातार सर्किट लेबलमा वृद्धि हुँदै आएको छ । त्यसैगरी शिखर इन्स्योरेन्सको शेयर मूल्य  ९ दशमलव ९७ प्रतिशत,समता घरेलु लघुवित्तको ९ दशमलव ९५ प्रतिशत वृद्धि भएको छ । 

यसैगरी प्रोग्रेशिभ फाइनान्सको ९ दशमलव ९० प्रतिशत,सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ९० प्रतिशत,बरुण हाइड्रोपावरको ९ दशमलव ८३ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ९ दशमलव ७६ प्रतिशत र बिशाल बजार कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ  ।

 बजार बढेसँगै यी आठ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । शिखर इन्स्योरेन्सको हकमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बीमा समितिबाट स्वीकृती पाउनुका साथै इक्रा नेपालबाट राम्रो क्रेटिड रेटिङपाएपछि लगानीकर्ताको आकर्षण बढेको हो ।

कम शेयर मूल्य भएका कम्पनीहरुको शेयरमा लगानीकर्ताले बजार बढ्न थालेसँगै ठूलो मात्रमा खरीद गरेकाले वृद्धि भएको देखिन्छ । 

यसदिन शिखर इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता रू.२ हजार १२८,समता घरेलु लघुवित्तको रू. १ हजार २८२, सप्तकोशी डेभलपमेण्ट बैंकको रू. २२२,प्रोग्रेशिभ फाइनान्सको रू. २२२,बरुण हाइड्रोपावरको रू ३२४, आइएमई जनरल इन्स्योरेन्सको रू. १ हजार २६० र बिशाल बजार कम्पनीको रू. ६ हजार ४७९ पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्