ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लामो कार्य समयका कारण वर्षेनी साढे ७ लाख मानिसको मृत्यु : डब्ल्यूएचओ

२०७८ जेठ, ३  
अन्तरराष्ट्रिय स्वास्थ्य र जीवन शैली
Image Not Found

जेठ ३, वाशिङ्टन डीसी (अमेरिका) । लामो कार्य समयका कारण वर्षेनी लाखौं मानिसहरुको मरिरहेका छन् । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यस्तो बताएको हो । संगठनका अनुसार सन् २०१६ मा लामो समय काम गर्दा उत्पन्न स्ट्रोक र मुटुको रोगका कारण ७ लाख ४५ हजार जनाको मृत्यु भएको छ । 

यो यस्तो खालको पहिलो विश्वव्यापी सर्वेक्षण हो । दक्षिण पूर्वी एशिया र पश्चिम प्रशान्त क्षेत्रमा बसोबास गर्ने मानिसहरु सबैभन्दा प्रभावित भएको प्रतिवेदनले देखाएको छ । कोरोना भाइरसको महामारीका कारण यो प्रवृत्ति झनै खराब बनेको हुन सक्ने संगठनको भनाइ छ । 

हप्तामा ३५ देखि ४० घन्टा काम गर्दाभन्दा ५५ घन्टा वा सोभन्दा धेरै समय काम गर्दा स्ट्रोकको जोखिम ३५ प्रतिशतले बढ्ने अनुसन्धानले देखाएको छ । यसका कारण मुटुसम्बन्धी रोग लागेर मर्ने जोखिम पनि १७ प्रतिशतले बढ्ने बताइएको छ । 

अध्ययन अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा गरिएको थियो । धेरै काम गरेको कारण मर्नेमध्ये करीब तीन चौथाई अधवैंशे वा सोभन्दा बढी उमेरका पुरुष रहेको पनि अध्ययनले देखाएको छ । 

लामो समय काम गरेको प्रभावले मृत्यु धेरै ढिला अर्थात् दशकौं पछि हुने पनि देखिएको छ । अध्ययनमा महामारीको अवधि समावेश गरिएको छैन । 
रिमोट वर्किङ र आर्थिक मन्दीका कारण पनि लामो समय कार्य समयसम्बन्धी समस्या बढेको हुन सक्ने डब्ल्यूएचओका अधिकारीहरुले बताएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्