ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रोजगारीदेखि सडक विस्तारमा उल्लेखनीय वृद्धि : आर्थिक सर्वेक्षण [पूर्णपाठसहित]

२०७८ जेठ, १४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १४, काठमाडौं । रोजगारीदेखि सडक विस्तारमा उल्लेखनिय वृद्धि भएको सरकारले दावी गरेको छ । 

शुक्रवार सार्वजनिक चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/ ७७ मा ३ लाख ७० हजार सूचीकृत बेरोजगारमध्ये १ लाख ५ हजारले रोजगारी प्राप्त गरेकामा चालू आर्थिक वर्षको फागुनसम्ममा रोजगार सेवा केन्द्रमा सूचीकृत ७ लाख ४३ हजार १०० जना बेरोजगारमध्ये ३३ हजार ७०० जनाले रोजगारी प्राप्त गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित विभिन्न रोजगार लक्षित कार्यक्रमबाट हालसम्म ४लाख४३ हजार जनालाई आंशिक र ४८ हजार ७०० जनाले पूर्ण रोजगारी प्राप्त गरेका छन् ।

सरकारले सामाजिक सुरक्षा कार्यक्रमामा उत्साहजनक सहभागिता हुँदै गएको दावी गरेको छ । चालू आर्थिक वर्षको फागुनसम्म १३ हजार ६००  रोजगारदाता र १ लाख ९३ हजार जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् भने हालसम्म ४ अर्ब ६४ करोड १० लाख रुपैयाँ योगदान बापतको रकम उक्त कोषमा जम्मा भएको बताइएको छ ।

आर्थिक वर्ष २०७७/ ७८ को फागुनसम्म ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गताभएका व्यक्ति, लोपोन्मुख जाति, बालबालिकासमेत गरी कुलजम्मा ३१ लाख ६० हजार लाभग्राहीलाई सामाजिक संरक्षणका लागि ५८ अर्ब ३८ करोड रुपैयाँ सामाजिक सुरक्षाभत्ता वितरण गरिएको बताइएको छ ।

यो अवधिमा पूर्वाधार तथा प्रविधिको विकास उल्लेखनीय रहेको र  आमनागरिकहरुको पहुँच अभिवृद्धि भएको सरकारको भनाइ छ ।२०७७ फागुनसम्म राष्ट्रिय ग्रिडमा कुल जडित विद्युत् उत्पादन गत वर्षको तुलनामा ४ दशमलव १ प्रतिशतले वृद्धि भई १ हजार ४५८ मेगावाट पुगेको छ । प्रतिव्यक्ति विद्युत् खपत २६० किलोवाट घण्टा पुगेको छ भने ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको सरकारी दावी छ ।

त्यसैगरी २०७८ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्र १५ हजार ९७४ किलोमिटर, खण्डाश्मित ५८२ किलोमिटर र कच्ची सडक ८ हजार ९७२ किलोमिटर गरी ३३ हजार ५२८ किलोमिटर सडक निर्माण भएको सरकारी दावी छ ।

सामाजिक क्षेत्र विकासमा अपेक्षित नतिजा हासिल भएको सर्वेक्षणमा उल्लेख छ । शैक्षिक वर्ष २०७७ मा प्राथमिकतह,आधारभूततह र माध्यमिक तहको खुद भर्नादर क्रमशः ९७ दशमलव ४, ९४ दशमलव ७ र ५१ दशमलव २ प्रतिशत रहेको बताइएको छ ।

२०७७ फागुनसम्म आधारभूत खानेपानी सुविधा पुगेको जनसंख्या ९१ दशमलव ५ प्रतिशत र उच्च मध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसंख्या २३ प्रतिशत रहेको सर्वोक्षणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/ ७८ को फागुनसम्म थप १ लाख ५५ हजार जनसंख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएका छन् ।

आर्थिक सर्वेक्षण २०७७/७८ :

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्