ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यो वर्ष एसईई नतिजा आन्तरिक मूल्यांकन विधिबाट सार्वजनिक गरिने    

२०७८ जेठ, १८  
समाचार शिक्षा
Image Not Found
फाइल फोटो

जेठ १८, भक्तपुर । दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नगर्ने भएको छ ।

सोमवार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसईई परीक्षा नगर्ने निर्णय गरेको हो । एसईई परीक्षा नतिजा गत वर्षको जस्तै आन्तरिक मूल्यांकन विधिबाट सार्वजनिक गर्ने भएको छ ।     
     
 कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न सकिने अवस्था नरहेको, विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिंदा विद्यार्थीमा सङ्क्रमण गर्न सक्ने खतरा अत्यधिक रहेको र अनलाइनबाट परीक्षा सञ्चालन गर्दा एसईई परीक्षामा सहभागी हुने सबै विद्यार्थीमा प्रविधिको पहुँच नपुग्ने भएकाले गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।     
     
 कोभिडको सङ्क्रमण बढ्दै गएको र बालबालिकालाई थप जोखिम हुने खतरा रहेकाले गत वर्षकै प्रक्रियालाई निरन्तरता दिंदै एसईईको आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको हो । मन्त्रालयले सरकारको निर्णय कार्यान्वयनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई परिपत्र गर्ने भएको छ ।     
     
 बोर्डले यस वर्ष जेठ १३ गतेदेखि एसईई परीक्षा भौतिकरूपमा नै सञ्चालन गर्ने गरी गर्ने परीक्षा तालिका सार्वजनिक गरे पनि कोभिड महामारीका कारण वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको र बालबालिकामा सङ्क्रमण बढेपछि सरकारले वैशाख २७ गते एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । 
 

यस वर्ष देशभरिबाट करीब ५ लाख १७ हजार विद्यार्थी एसईई परीक्षाको तयारी छन् । गत वर्ष कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा दिएको थियो ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्