ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मकालु हिमालबाट संकलित फोहोर प्रशोधनका लागि हस्तान्तरण

२०७८ जेठ, १८  
विविध
Chelsea International Image Not Found

काठमाडौं (अस) । सेनाले सफा हिमाल अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट संकलित फोहोर हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा संकलित नकुहिने ४ हजार ८८२ केजी फोहोर अभ्नी भेन्चर्स फर सस्टेइनाबिलिटी नामक संस्थालाई प्रशोधन तथा व्यवस्थापन प्रयोजनका लागि हस्तान्तरण गरिएको हो ।     

हिमालबाट संकलन गरिएको ६ हजार ६०७ केजी फोहोरमध्ये सड्ने÷कुहिने १ हजार ७२५ केजी मकालु गाउँपालिकालाई बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले हिमाल सफाइमा खटिएको सैनिक टोलीलाई दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोमा प्रशंसा गरे । विश्व वन्यजन्तु कोष नेपालस्थित कार्यालयका निर्देशक डा. घनश्याम गुरुङ र इसिमोडका प्रतिनिधि सन्तोष पाठकले कोरोना संक्रमण महामारीको समयमा पनि हिमाल सफाइजस्तो जोखिमपूर्ण जिम्मेवारी लक्ष्य र योजनाअनुरूप नै सम्पन्न गर्नु गौरवको विषय भएको बताए । सफा हिमाल अभियान २०२१ अन्तर्गत ६ ओटा हिमालबाट २७ हजार ६७१ केजी फोहोर संकलन गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्