ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१.५३% ले बढेको बजारमा मन्जुश्री र पोखरा फाइनान्सको शेयरमूल्य १०% ले वृद्धि (१ बजेको अपडेट)

२०७८ जेठ, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २०, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४३ दशमलव १८ अंकले बढेर २ हजार ८७० दशमलव ३० विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव ५३ प्रतिशतले बढेको हो ।

दोस्रो घण्टाको अवधिमा २१३ ओटा कम्पनीकोरू. ८ अर्ब ४० करोड ८९ लाख ८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा मन्जुश्री फाइनान्स र पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, ग्रीन डेभपमेण्ट बैंक, सप्तकोशी डेभपमेण्ट बैंक, साईन रेसुङ्गा डेभपमेण्ट बैंक, बेष्ट फाइनान्स, लुम्बिनी विकास बैंक र कर्णाली डेभपमेण्ट बैंकको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

यस अवधिसम्म छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६३ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ८०० मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये जलविद्युत् समूहको परिसूचक १ दशमलव २९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक ७ दशमलव ४ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्