ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१२ अर्ब ७६ करोडको कारोबार भएको बजारमा पुनर्बीमा कम्पनीको सर्वाधिक हिस्सा (२ बजेको अपडेट)

२०७८ जेठ, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २०, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २७ दशमलव ६९ अंकले बढेर २ हजार ८५४ दशमलव ८१ विन्दुमा पुगेको छ । 

शून्य दशमलव ९८ प्रतिशतले बढेको बजारमा २१६ ओटा कम्पनीको रू. १२ अर्ब ७६ करोड ५६ लाख ७८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा मन्जुश्री फाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ८२५ कायम भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये जलविद्युत्, निर्जीवन बीमा, अन्य र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । जसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३ दशमलव ३७ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७४ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ७७७ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा छिमेक लघुवित्त रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ७८३ मा रू. २६५ करोड ४५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्