ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दया फाउण्डेशनद्वारा चिकित्सा उपकरणहरु सहयोग

२०७८ जेठ, २०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २०, काठमाडौं । दया फाउण्डेशनले कोरोना महामारीको संक्रमणको मद्दत पुरयाउन  विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।

उक्त संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल,नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आईसोलेशन सेण्टरमा हालसम्म ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १ह जार थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।

दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले स्वास्थ्य संकट भएको यो अवस्थामा विपन्नवर्गको कोभिड–१९ को उपचारमा टेवा पुर्‍याउन थोरै नै भएपनि सहयोग गर्न पाएकोमा खुशि व्यक्त  गरेका छन् ।

उक्त संस्थाका पूर्व अध्यक्ष किपा माथेमाले फाउण्डेशनले विविध स्वास्थ्यउपकरणहरु उपलब्ध गराउने मात्र नभई संक्रमितको उपचारमा संलग्न रहँदै आएका जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिमहरु आयोजना गर्ने बताएका  छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्