ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अरुण भ्याली हाइड्रोपावरले विक्री हुन बाँकी शेयर लिलामी गर्ने

२०७८ जेठ, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २०, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा विक्री गर्ने भएको छ ।

कम्पनीले ४ लाख ३६ हजार ८८४ कित्ता शेयर लिलामीमा विक्री गर्ने छ । कम्पनीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर गत वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म निष्कासन गरेको थियो । 

उक्त हकप्रद शेयरमा रितपूर्वक आवेदन दिने २२ हजार ७०६ जना शेयरधनीले ४८ लाख ४ हजार ३१३ कित्ता शेयर पाएका थिए । सो आधारमा विक्री नभएको शेयर लिलामीमा आउने भएको हो ।

हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५७ करोड २३ लाख ५९ हजार पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्