ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्रिय गौरवको भेरी बबई आयोजनाको कार्यमा कोरोना महामारीको असर        

२०७८ जेठ, २०  
सुदूरपश्चिम प्रदेश
Image Not Found
फाइल फोटो

जेठ २०, महेन्द्रनगर । कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ ।

सीमित मजदूर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माणकार्य प्रभावित हुन पुगेको आयोजनाले बताएको छ ।आयोजनाका प्रवक्ता एवं सिनियर डिभिजनल इञ्जिनीयर (सीडीई) ईश्वरीप्रसाद तिवारीले निषेधाज्ञाकै बीच बाँध र विद्युतगृहको निर्माणकार्य सञ्चालन भए पनि मजदूर र सामग्रीको अभाव रहेको बताए। 
     
कोरोना महामारी फैलिएपछि झण्डै १०० जना मजदूर कार्यरत थिए । हाल मजदूरको संख्या घटेर ६० मा सीमित रहेको बताइएको छ । सीडीई तिवारीले आयोजना आसपासमा पर्ने जहरे, रामघाटलगायतका स्थानमा कोरोना सङ्क्रमण फैलिएपछि मजदूर काममा आउन छाडेको बताए ।लामो समयदेखिको निषेधाज्ञाका कारण बजारमा सिमेन्ट, रडको अभाव छ । निर्माण सामग्री उत्पादक कम्पनी बन्द हुनु र बजारमा मोटो तथा गुणस्तरीय सरियाको अभाव रहेकाले आयोजनाको काम प्रभावित हुने समस्या देखिएको छ ।     
     
पहिलो चरणको सुरुङ (टनेल) निर्माणपछि आयोजनाले दोस्रो चरणको काम अघि बढाएको हो । सम्झौताअनुसार आर्थिक वर्ष २०७९/ ८० मा दोस्रो चरणअन्तर्गतका बाँध, विद्युतगृह लगायत संरचनाको निर्माण सम्पन्न गरिसक्नुपर्छ । चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच विसं २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

आयोजनाका अनुसार हालसम्म करीब ४५ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणमा सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न गरेर आयोजनाले प्रशंसा बटुलेको थियो ।     
     
भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको बाँध (ब्यारेज) निर्माण गर्न लागिएको हो । एक सय १४ मिटर लामो र १४ मिटर अग्लो बाँधको निर्माण हुँदैछ । दोस्रो चरणका संरचना निर्माणमा ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुने बताइएको छ ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत सोही नगरपालिकाको हात्तीखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । त्यस्तै लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिंचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्