ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन १६ अर्ब ९० करोडको शेयर कारोबार, परिसूचक हालसम्मकै उच्च विन्दुमा 

२०७८ जेठ, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजारमा रू. १६ अर्ब ९० करोड ७० लाख २० हजार बराबरको शेयर कारोबार भएको छ ।

२१८ ओटा कम्पनीको १ लाख ५५ हजार ६५५ पटकको व्यापारमा उक्त रकम बराबरको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर कारोबार भएको हो ।

अघिल्लो कारोबार दिनको रू. ११ अर्ब ३५ करोड १८ लाख १५ हजार बराबरको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर कारोबार भएको बजारमा बिहीवार भने कारोबार रकम र कित्तामै वृद्धि भएको हो । 

अघिल्ला दुई कारोबार दिनमा सर्वाधिक रकमको कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीलेकै बिहीवार पनि सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको रू. १ अर्ब २ करोड ७० लाख २७ हजार बराबरको शेयर कारोबार भएको हो ।

अघिल्ला दुई कारोबार दिन मूल्य बढेको उक्त कम्पनीको बिहीवार भने प्रतिकित्ता रू. २५ ले मूल्य घटेको छ । यस दिन कम्पनीको अन्तिम मूल्य रू. १ हजार ७६५ कायम भएको हो । बिहीवार उक्त कम्पनीको ५ लाख ७१ हजार ११५ कित्ता शेयर कारोबार भएको छ ।

यो दिन नेप्से परिसूचक हालसम्मकै उच्च २ हजार ८५६ दशमलव ७७ विन्दुमा पुगेको छ । यस अघि गत आइतवार कायम गरेको २ हजार ८२७ दशमलव ९३ को रेकर्डलाई पनि बिहीवार नेप्से परिसूचकले ब्रेक गरेको हो । यो दिन परिसूचक अघिल्लो कारोबार दिनभन्दा २९ दशमलव ५५ अंक अर्थात् १ दशमलव शून्य ५ प्रतिशतले बढेको हो ।

उता, सेन्सेटिभ इन्डेक्स १ दशमलव ५८ प्रतिशत अर्थात ७ दशमलव ९६ अंकले बढेर ५१३ दशमलव ११ विन्दुमा पुगेको छ । नेप्से परिसूचकले बजारको समग्र कारोबार मापन गर्दछ भने सेन्सेटिभ इन्डेक्सले ठूला कम्पनीहरुको मात्र कारोबार मापन गर्दछ ।

बिहीवारको बजारबाट वित्त, होटल्स तथा पर्यटन र विकास बैंकका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंकको समूहगत परिसूचक सर्वाधिक ३ दशमलव ७४ प्रतिशत बढेको छ भने वित्तको ३ दशमलव ३४ प्रतिशत र होटल्स तथा पर्यटनको ३ दशमलव ३२ प्रतिशत बढेको छ । 

त्यस्तै, बैंकिङ्गको २ दशमलव ७१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २२ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य ३ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २९ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक बढेको छ । 

यो दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जलविद्युत् समूहको २ दशमलव शून्य ४ प्रतिशतले परिसूचक घटेको छ भने व्यापारिकको शून्य दशमलव २३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७६ प्रतिशत र अन्य समूहको शून्य दशमलव ७२ प्रतिशत परिसूचक घटेको हो ।

जलविद्युत् समूहको परिसूचक सर्वाधिक घट्दा पञ्चकन्या माई हाइड्रोपावर र राधी विद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । पञ्चकन्यामाई हाइड्रोको ५ दशमलव ९२ प्रतिशत र राधी विद्युत्को ५ दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको हो ।

यस दिन पञ्चकन्यामाई हाइड्रोको शेयरमूल्य प्रतिकित्ता रू. १८ ले घटेर अन्तिम मूल्य रू. २८६ र राधी विद्युतको प्रतिकित्ता रू. ६१ ले घटेर अन्तिम मूल्य रू. १ हजार १४५ कायम भएको हो । 

यस दिन चार ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ६८ प्रतिशत र ग्रिन डेभलपमेण्ट बैंकको ९ दशमलव ५५ प्रतिशतले मूल्य बृद्धि भएको हो । 

मञ्जुश्री फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ७५ ले बढेर अन्तिम मूल्य रू. ८२५ र महिला लघुवित्तको प्रतिकित्ता रू. ४३२ ले बढेर अन्तिम मूल्य रू. ४ हजार ७५२ कायम भएको छ । त्यस्तै गोर्खाज फाइनान्सको प्रतिकित्ता रू. ९० ले बढेर अन्तिम मूल्य रू. १ हजार २० र ग्रिन डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. ३० ले बढेर अन्तिम मूल्य रू. ३४४ पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्