ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीमा नेप्सेको चासो, खानीखोला हाइड्रोको शेयर कारोबार रोक्का

२०७८ जेठ, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । 

उक्त कम्पनीले  नेपाल धितोपत्र बोर्ड र नेप्सेमा वित्तीय विवरण सार्वजनिक नगरेका कारण शेयर कारोबार रोक्का भएको हो ।  

नेपाल धितोपत्र बोर्डबाट जेठ १९ गते वित्तीय विवरण सर्वाजनिक नगरेको भन्ने  पत्र प्राप्त भएको र धितोपत्र  सूचीकरण विनियमावली अनुसार कम्पनीले वित्तीय विवरणहरु पेश नगरेको पाइएको भन्दै नेप्सेले बिहीवारकोे निर्णय अनुसार उक्त कम्पनीको शेयर कारोबार रोक्का राखेको बताएको छ ।

एक जना लगानीकर्ताले केहिदिन अघि केहि हाइड्रोपावर कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको हुनाले कारोबार रोक्का गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्