ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु पुष्टि, ५८२५ जना संक्रमित थपिए

२०७८ जेठ, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २०, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ७५ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीवार १८ हजार ५३१ जनाको कोरोना परीक्षण गरिएकोमा ५ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १ हजार ८३९ पुगेको छ । 

यसैगरी बिहीवार ५ हजार ९०४ जना निको भएसँगै हालसम्म ४ लाख ६७ हजार ४६७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्