ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सेप्टेम्बरदेखि कर्मचारीलाई कार्यालयमै बोलाउँदै एप्पल 

२०७८ जेठ, २०  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ २०, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले आगामी सेप्टेम्बरदेखि आफ्ना कर्मचारीहरु कार्यालयमै आएर काम गरुन भन्ने चाहेको छ । 

बुधवार कम्पनीले कम्पनीका सबै कर्मचारीका नाममा प्रेषित एक मेमोमा यस्तो बताएको हो । कर्मचारीहरु कम्तिमा पनि एक हप्तामा तीन दिन डेस्कै फर्किनु पर्ने मेमोमा कम्पनीका कार्यकारी अधिकृत टिम कूकले लेखेका छन् । 

केही कर्मचारीहरुलाई भने बाँकी रहेको दुई दिन कार्यालयमा नआइकन काम गर्न दिइनेछ । व्यक्तिगत रुपमै उपस्थित भएर काम गर्नुपर्ने समूहहरुले चाहीं चार वा पाँचै दिन कार्यालयमा आउनु पर्नेछ । 

कर्मचारीहरुले वर्षको दुई हप्ता भने रिमोट वर्कको लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ । यद्यपि, रिमोट वर्कको अनुरोधलाई व्यवस्थापकहरुले अनुमति दिनु पर्नेछ । 

पछिल्लो समय अमेरिकी प्रविधि कम्पनीहरुले विस्तारै कर्मचारीहरुलाई हप्ताका केही दिन कार्यालयमै बोलाएर काम गर्न भनिरहेका छन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्