ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महामारी बीच भारतका सवैभन्दा धनी मुकेश अम्बानीले तलबै लिएनन् 

२०७८ जेठ, २०  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ २०, नयाँ दिल्ली (भारत) । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले रिलायन्स इन्डष्ट्रिजबाट एक सुको पनि तलब थापेका छैनन् । 

कोरोना भाइरसका महामारी बीच मार्च ३१ मा सकिएको आर्थिक वर्षमा अम्बानीले कम्पनीबाट स्वेच्छिक रुपमै तलब नलिएका हुन् । कम्पनीले आफ्नो पछिल्लो आर्थिक प्रतिवेदनमा यस्तो बताएको हो । 

अघिल्लो आवमा भने उनले कम्पनीबाट तलब सुविधाका रुपमा १५ करोड रुपैयाँ बुझेका थिए । सोभन्दा अगाडिका ११ वर्षमा पनि उनले सोही रकम तलब बुझेका थिए । सन् २००८/ ०९ यता अम्बानीले तलब, भत्ता र कमिशन आदि गरेर १५ करोड रुपैयाँ बुझिरहेका छन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्