ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रदेशस्तरीय टोली स्वास्थ्य सामग्रीसहित अनुगमनमा

२०७८ जेठ, २१  
प्रदेश ०५
NA
author avatar प्रवीर ददेल

रुकुम । कर्णाली प्रदेशस्तरिय अनुमगन टोली स्वास्थ्य सामग्री सहित रुकुम पश्चिम पुगेको छ । टोलीले जिल्लाका ६ वटै स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन वार्ड, जिल्ला अस्पताल र चौरजहारी अस्पतालको अनुगमन गरेको हो ।

टोलीले ९ हजार ७ सय ७५ थान एन्टिजेन किट र १२ वटा अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ । कर्णाली प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री विमला केसीको नेतृत्वमा आएको टोलीमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.रविन खड्का सहभागी छन् । टोलीले विभिन्न प्रकारका औषधि, मास्क, झुल र कम्बललगायत सामग्री पनि वितरण गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए । उनका अनुसार टोलीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा जिल्लाको प्रयास उत्कृष्ट छ ।

अनुगमनका क्रममा जिल्लामा महामारी नियन्त्रणमा गरिएको प्रयास र व्यवस्थापन राम्रो भएको टोलीको निष्कर्ष छ । रुकुम पश्चिममा मृत्युदर उच्च रहेको भन्ने चासो पनि प्रदेशले देखाएको छ । कर्णाली प्रदेशमा रुकुम पश्चिममा मृत्युदर तेस्रोमा छ । पहिलो सुर्खेत, दोस्रो सल्यान र तेस्रोमा रुकुम पश्चिम छ ।

हालसम्म जिल्ला अस्पतालमा उपचारको क्रममा २१ जनाको मृत्यु भएको छ । जिल्लाभरि २४ जनाले ज्यान गुमाएका छन् । ग्रामीण क्षेत्रमा कोरोनाका लक्षण देखिँदा पनि परीक्षण नगर्ने समस्या रहेको जिल्ला अस्पतालका डा.राजकुमार भुजेलले बताए । ‘अरू नै औषधि सेवन गरेर स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै अस्पताल आउने चलन छ,’ उनले भने, ‘अधिकांश बिरामी निमोनियाले ग्रस्त भएपछि र अक्सिजनको मात्रा घटेपछि मात्र अस्पताल आउने गरेका छन् ।’ अस्पतालले संक्रमित बचाउन सबै प्रयास गर्ने गरेको उनले बताए ।

पूर्वसामाजिक विकासमन्त्री केसीले रुकुम पश्चिममा सबैको सहकार्यमा राम्रो व्यवस्थापनका साथ कोभिड रोकथाम, नियन्त्रण र उपचार भइरहेको बताइन् । ‘सबै स्थानीय तहले आइसोलेसन बनाएर बिरामीको उपचार गरिरहेका छन्,’ उनले भनिन्, ‘जनप्रतिनिधि घरदैलोमा व्यस्त रहेको पाइयो, जसले संक्रमण रोकथाममा सघाउ पुगेको छ ।’ स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.खड्काले रुकुम पश्चिमले गरिरहेका कतिपय कुरा अन्यत्र पनि अभ्यास गर्नुपर्ने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्