ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एभरेष्ट बैंक–स्पुन रेमिट साझेदारी

२०७८ जेठ, २१  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एभरेष्ट बैंकले बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा स्पुन रेमिटसँग रेमिट्यान्स सेवा सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र स्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफिले संयुक्त रूपमा हस्ताक्षर गरे ।

स्पुन रेमिट अनलाइन प्रोडक्ट र ट्रेडिङको लागि दर्ता गरिएको एमए फास्टमोवअन्तर्गतको नाम हो, जुन वेबका साथै मोबाइल एप्लिकेसनका दुवै एन्ड्रोइड र आईओएसमा उपलब्ध छ । सम्झौतापछि अब बेलायतमा रहेका नेपालीले स्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।

साझेदारीले बैंकको सेवा बेलायतमा पनि विस्तार गर्नुका साथै रेमिट्यान्स ग्राहकलाई थप सुविधा दिन सहयोग पुग्नेछ । स्पुन रेमिटबाट प्राप्त  रेमिट्यान्स नेपालभर फैलिएका ९ हजारभन्दा बढी पे आउट एजेन्ट र बैंकका १०३ वटै शाखाबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्