ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सात वर्षमा बनेको पक्की पुल अझै सञ्चालनमा आएन

२०७८ जेठ, २१  
वाग्मती प्रदेश
NA

काठमाडौं । नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङको नीलकण्ठ नगरपालिकाबासीले  सास्ती झेल्नु परेको छ ।  

सडक विभागले धादिङतर्फको फोस्रेटारमा करिव १५ मिटरको एप्रोज सडकको ट्र्याक हालसम्म खुलाउन नसक्दा नगरपालिबासी तथा नुवाकोटका तारकेश्वरका बासिन्दाले अकालमा ज्यानसमेत गुमाएका छन् ।

सो पुल धादिङको गल्छी गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ मा पर्छ । सडक डिभिजन कार्यालय भरतपुरद्वारा गत जेठ ७ गते जारी पत्रअनुसार फोस्रेटारतर्फका केही सीमित व्यक्तिका अनावश्यक अवरोध, असहयोग, विवादका कारण ट्र्याक खोल्न नसकिएको हो । ती दुई जिल्लाको सामाजिक तथा आर्थिक विकास एवं रणनीतिक दृष्टिकोणले उक्त पुल महत्वपूर्ण मानिएको छ ।

केउरिनी–फोस्रेटार–आँपचौर–सुनौला बजार–धादिङबेंसी  सडकमा अवस्थित सो पुलको लम्बाइ १२० र चौडाइ १६ मिटर छ ।  

निर्माण सम्पन्न भएको तीन महिना पुग्दा पनि पुल सञ्चालनमा नल्याइएकामा आपत्ति जनाउँदै छिटो विवाद टुंग्याउन दबाब दिन  नीलकण्ठ–५ का युवाले ‘पुल सञ्चालन अभियान’ नै सुरु  गरेका छन् । पूर्वसांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका,  गल्छी गाउँपालिका र विभागलाई छिटोभन्दा छिटो पुल सञ्चालनमा ल्याउन अभियाकर्मीले माग गरेका छन् ।

एप्रोच सडकको ट्र्याक खोल्ने विषयमा छिटो अध्ययन गरी ती सडकमा पर्ने जग्गाको मुआब्जा दिन आवश्यक परे दिन र  छिटो विवाद अन्त्य गर्नसमेत अभियानकर्मीले ती निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।   

कार्यालयका इञ्जिनियर कृष्णबहादुर खड्काले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धादिङ, नीलकण्ठ नगरपालिका र  गल्छि गाउँपालिकालाई एप्रोच सडकको ट्र्याक खुलाउन आवश्यक सहयोग र सहजीकरण गर्न पत्राचार गरिएको जानकारी दिए ।

ती निकायबाट आवश्यक सहयोग र सहजीकरण गरिदिए छिटो भन्दा छिटो  एप्रोज सडकको ट्र्याक खुलाई पुल सञ्चालनमा आउने उनले बताए ।  चार वर्षमा बन्नुपर्ने पुल सात वर्षमा सम्पन्न भएको हो । ०७१ सालमा सडक विभाग र  सपना हिम्डुङ एन्ड थोकर तथा नागार्जुन कन्स्ट्रक्सन जेभी कम्पनीबीचमा ठेक्का सम्झौता भएको थियो ।

१९२ मिटर लामो पुलको निर्माण गर्न करिब सात वर्ष लागेको थियो ।  सो पुल सञ्चालनमा आएमा गल्छीदेखि  केउरिनी– फोस्रेटार–आँपचौर–सुनौला बजार–धादिङबेंसी पुग्न १० किलोमिटर बाटो छोटो हुनेछ  । साथै, नुवाकोटको तारुका जानसमेत पनि सो बाटो सहज हुन्छ  । ‘पुल सञ्चालन गर्न हामीले धेरै कोसिस गर्‍यौं । अनुनयविनय ग¥यौं । पक्की पुल उपयोग गर्न नपाएपछि के गर्नु ? बिरामीलाई अस्पताल पुर्‍याउन नसक्दा ज्यान गुमाउनु परेको छ’, एक अभियानकर्मीले भने । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्