ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दया फाउन्डेसनद्वारा चिकित्सा उपकरण वितरण

२०७८ जेठ, २१  
बजार
NA

काठमाडौं (अस) । दया फाउन्डेसनले देशका विभिन्न सामुदायिक तथा सरकारी अस्पताललाई विविध चिकित्सा उपकरण प्रदान गरेको छ । कोरोना महामारीका कारण संक्रमणका संक्रमितको उपचारको क्रममा देखिएका समस्या समाधानमा राहत पु¥याउने उद्देश्यले यो सहयोग उपलब्ध गराइएको हो ।

संस्थाले हालसम्म ६ थान हाइफलो नेसलक्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटरका साथै १ हजार थान सुरक्षा किट (पीपीई, फेससिल्ड, स्यानिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।

यी उपकरण टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरलाई दिइएको फाउन्डेसनका अध्यक्ष राजेश प्रधानले बताए । संस्थाले सहयोग गरेका अस्पताल विशेषतः निम्न आय भएकाहरूको उपचारका लागि लक्षित भएको हुँदा यो सहयोगले तिनको कोभिड–१९ उपचारमा सहयोग पुग्ने विश्वास उनको छ ।

विभिन्न प्रकारका स्वास्थ्योपकरण उपलब्ध गराउनुका साथै संक्रमितको उपचारमा संलग्न रहँदै आएका जनशक्तिको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम आयोजना गरिरहेको संस्थाका पूर्वअध्यक्ष किपा माथेमाले बताए ।

फाउन्डेसनले क्रिटिकल केयर नर्सिङ संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउन्डेसनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङसम्बन्धी भर्चुअल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्