ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उवासंघ चितवनद्वारा देवघाटका ५५ विपन्न परिवारलाई राहत वितरण

२०७८ जेठ, २१  
बजार
Image Not Found

चितवन (अस) । उद्योग वाणिज्य संघ चितवनले देवघाट गाउँपालिका–१ बसेनीटारमा राहत वितरण गरेको छ ।

मुख्य राजमार्गदेखि करिब १२ किलोमिटरको उचाइमा रहेको विकट बस्तीका ५५ विपन्न परिवारलाई चामल, दाल, तेल, चिउरा, आलु, नुनलगायत दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुु वितरण गरिएको हो ।

संघले महमारीको विपद् घडीमा विपन्न परिवार भोका नरहून् भन्ने उद्देश्यले राहत वितरण गरिएको जानकारी दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत वितरण गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले बताए ।

कोरोना राहत कोष स्थापना गरी चितवन र आसपास रहेका विपन्न बस्तीमा राहत वितरण सञ्चालन गर्दै आएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
तनहुँका सभासद् कृष्णकुमार श्रेष्ठको समन्वयमा गरिएको राहत वितरण कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष चिरञ्जीवी सुवेदी, कार्यसमिति सदस्यद्वय राजेन्द्र ओली र लिलबहादुर क्षेत्री तथा देवघाट–१ का जनप्रतिनिधि सहभागी थिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्