ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उच्च शिक्षालाई ज्ञान, शीप, प्रविधि र अनुसन्धानमा आधारित बनाइने

२०७८ जेठ, २१  
गण्डकी प्रदेश
Image Not Found

पोखरा । गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, शीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले उक्त जानकारी दिएका हुन् । दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा जोड दिँदै उच्च शिक्षालाई ज्ञान, शीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउन आवश्यक व्यवस्था गरिने उनले बताए ।

गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानको भौतिक तथा शैक्षिक पूर्वाधार निर्माण गरी क्रमशः अध्ययन अध्यापन शुरुआत गर्न पहल गरिने मन्त्र गुरुङले बताए । प्रदेशको विभिन्न जातीय, धार्मिक, सामाजिक, भाषिक तथा साँस्कृतिक विविधतालाई संरक्षण एवम् संवद्र्धन गर्दै प्रदेशभित्रका संग्रहालय, धार्मिक तथा पुराताŒिवक महŒवका संरचनाको विकास, विस्तार र संरक्षण गरिने उनको भनाइ छ ।     

भाषा, साहित्य, कला र संस्कृतिलाई संरक्षण र विकास गर्न गठित प्रज्ञा प्रतिष्ठानलाई प्रभावकारी रूपमा अगाडि बढाइने बजेटको सिद्धान्त र प्राथमिकतमा उल्लेख छ । खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिइने उल्लेख गर्दै मन्त्री गुरुङले अन्तरराष्ट्रिय स्तरका आवश्यक पूर्वाधार निर्माणमा जोड दिइने बताए ।

युवाको शीप र नेतृत्व क्षमता प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न उनीहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याउने प्रदेश सरकारले बताएको छ । खेलकुदको विकासका लागि गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिलाई प्रभावकारी रूपमा सञ्चालन गरिने मन्त्री गुरुङले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्