ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेगा बैंक नेपाल लिमिटेड : कम्पनी विश्लेषण (शुक्रवार, २१ जेठ २०७८)

२०७८ जेठ, २१  
लगानी कम्पनी विश्लेषण
Image Not Found

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ३४५ पुगेको हो । गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेको छ भने बोनस शेयर पनि नेप्सेमा सूचीकृत भइसकेको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ९७ करोड नाफा कमाएको छ । बैंकले अघिल्लो आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ४५ करोड नाफा कमाएको थियो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा ३५ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा रु. १ अर्ब २९ करोड ७७ लाख रहेको छ । एनएफआरएस प्रणालीअनुसार बैंकले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी रु. १८ दशमलव १९ र मूल्य आम्दानी अनुपात रु. १७ दशमलव ६५ रहेको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई न्युट्रलजोन ६८ दशमलव शून्य ८ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ६ दशमलव २७ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

बिहीवारको शेयर मूल्य रु. ३४५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३२६ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च कायम भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्