ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्राप्ति प्रस्ताव पारित गर्न असार ५ गते विशेष साधारण सभा गर्दै नबिल बैंक र युनाइटेड फाइनान्स

२०७८ जेठ, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २१, काठमाडौं । प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न नबिल बैंक र युनाइटेड फाइनान्सले एकै दिन असार ५ गते विशेष साधारण सभा बोलाएका छन् । 

नबिल बैंकले युनाइटेड फाइनान्स कम्पनीलाई प्राप्ति गर्न लागेको हो । उक्त प्रस्ताव पारित गर्न दुबै कम्पनीको प्रधान कार्यालय  दरबारमार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाएका हुन । कोभिड महामारीलाई ध्यानमा राखी दुबै कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न लागेका हुन् ।

सभाले दुबै कम्पनी बीच भएको समझदारी पत्रलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ भने प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । 

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदानगर्ने गरी प्राप्ति गर्न लागेको हो । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता  शेयर हुने शेयरधनीहरुले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् । 

एनसीसी बैंक र नेपाल बङ्गलादेश बैंकसँग मर्जरको हल्ला चलिरहेको अवस्थामा नबिलले शुक्रवार युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न लागेको हो । हाल नबिल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रहेको छ भने युनाइटेड फाइनान्सको रू. १ अर्ब ४ करोड ८ लाख ३४ हजार छ ।

प्राप्ति पश्चात नबिलको चुक्तापूँजी रू. १४ अर्ब ५२ करोड ९ लाख ९३ हजार पुग्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि दुबै कम्पनीले जेठ २८ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडको वितरणयोग्य नाफा रू. ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रहेको छ । नबिलले यस वर्ष रू. ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार खुद नाफा गरेको छ । 

रिटर्न अर्निङसहित बैंकको जगेडा कोष रकम रू. १७ अर्ब ५२ करोड ६८ लाख  ३० हजार रहेको छ । यस वर्ष रू. २ खर्ब ८ अर्ब ३३ करोड ३८ लाख १८ हजार निक्षेप संकलन गरेको नबिलले रू. १ खर्ब ८६ अर्ब १९ करोड ३१ लाख ९८ हजार कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ४० रहेको छ । 

त्यस्तै तेस्रो त्रैमाससम्म युनाइटेड फाइनान्सको वितरणयोग्य नाफा रू. ४ करोड ७३ लाख ५४ हजार रहेको छ । उक्त अवधिसम्म यस कम्पनीले रू. ८ करोड १६ लाख ५९ हजार खुद नाफा गरेको छ । युनाइटेड फाइनान्सको शेयर प्रिमियम रकम रू. १५ करोड ८६ लाख ८४ हजार, रिटर्न अनिङ्ग रू. १६ करोड ६८ लाख ६१ हजार र रिजर्भ रू. २९ करोड ३६ लाख ३९ हजार रहेको छ ।

कम्पनीले तेस्रो त्रैमाससम्म रू. ८ अर्ब ३७ करोड ४४ लाख ६९ हजार निक्षेप संकलन गरेको छ भने रू. ५ अर्ब ६३ करोड ५९ लाख ५२ हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. १० दशमलव ४६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ४९ रहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्