ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा लाइफ इन्स्योरेन्सले जेठ २३ गते साधारण सभा गर्दै

२०७८ जेठ, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २१, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते साधारण सभा बोलाएको छ । 

कम्पनीले सभा बिहान ११ बजे प्रधान कार्यालय कमलादी, काठमाडौंमा हुने जानकारी दिएको छ । सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/ ७७ को लेखापरिक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा कोरोना भाइरस संक्रमणको कारण भर्चुअल माध्यमबाट गरिने कम्पनीले बताएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङग गराइसकेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले केयर रेटिङ नेपालमा रेटिङ गराएको हो ।
केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ ।

यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्