ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नारायणी डेभलपमेण्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न राष्ट्र बैंकले दियो स्वीकृति

२०७८ जेठ, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । 

कम्पनीले केन्द्रीय बैंकबाट स्वीकृत भएबमोजिम अव १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने छ ।

कम्पनीले गत माघ १६ गने सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ : २ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएकोमा राष्ट्र बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

कम्पनीले हाल कायम रहेको रू. १३ करोड १२ लाख ३३ हजार पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. २६ करोड २४ लाख ६७ हजार पुग्नेछ । 

साताको अन्तिम कारोबार दिन बिहीवार कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३५ रुपैयाँ अर्थात् ४ दशमलव ३५ प्रतिशतले घटेको छ । 
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७७० मा झरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्