ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भियतनामले सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि दियो अनुमति 

२०७८ जेठ, २१  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ २१, हनोई (भियतनाम) । भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । 

भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीवार स्वीकृति गरेका हुन् । भियतनामले यसअघि एस्ट्राजेनेका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ । 

गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । शुक्रवारसम्म भियतनाममा गत अप्रिल २७ यता करीब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । यो सहित भियतनाममा छ हजार ५७७ जना संक्रमित भएका छन् । 

सिनोफार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि गत मे महीनामा अनुमति दिएको थियो । 

यसैबीच, चीनमा बुधवारसम्म ७० करोड ४८ लाख डोज खोप लगाइएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्