ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

फेवातालका डुंगा चालकलाई राहत वितरण

२०७८ जेठ, २१  
गण्डकी प्रदेश
Image Not Found

जेठ २१, पोखरा । पोखराको फेवातालमा डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुंगा चालकहरुलाई रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखरा र आर्ट अफ लिभिङले राहत सामग्री वितरण गरेको छ । 

कोरोना संक्रमणको कारण जारी निषेधाज्ञाले पेशा संकटमा परेपछि बिहान बेलुकाको छाक टार्नका लागि समस्यामा परेका चालकलाई राहत वितरण गरिएको रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । ‘लामो समय भयो, निषेधाज्ञा छ, काम गरेर बहान बेलुकाको छाक टार्न समस्या परेको भन्ने थाहा पाएपछि राहत सामग्री वितरण गरेका हौँ ।’

बरालका अनुसार डुंगा व्यवसायी समितिका समन्वयमा आर्थिक अवस्था कमजोर भएकाहरुको पहिचान गरी शुक्रवार ८५ जनालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो । थप समस्यामा परेका ३२ जनाको  पनि नाम आएकाले उनीहरुलाई शनिवार बिहान वितरण गरिने बरालले जानकारी दिए ।   

आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख एवम् पर्यटन व्यवसायी नरेश भट्टराईले एक परिवारलाई २ हजार ५०० बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए ।

राहत लिएर जाँदै गर्दा एक डुंगा चालकले जीविकोपार्जनमा समस्या भइरहेका समयमा पाएको सामग्रीले क्षणिक राहत दिएको जनाउँदै आफ्नै पसिनामा डुंगा खियाएर दिनचार्या चलाउने दिनको पर्खाइमा रहेको बताए । व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा ७७५ जति डुंगा चालक छन् । तीमध्ये चार सयले आफ्नै तथा बाँकीले अरुको डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका छन्  । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्