ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु पुष्टि, ६६५३ जना संक्रमित थपिए

२०७८ जेठ, २१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २१, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०१ कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १०१ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रवार १४ हजार १८२ पीसीआर परीक्षणमा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गरी ६६५३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ पुगेको छ । 

यसैगरी शुक्रवार ८ हजार ६६३ जना निको भएसँगै हालसम्म ४ लाख ७६ हजार १३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्