ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नाडेप लघुवित्त र सानिमा लाईफको साधारण सभा आइतवार हुँदै

२०७८ जेठ, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २१, काठमाडौं । आइतवार दुई कम्पनीले वार्षिक साधारण सभा गर्दैछन् । नाडेप लघुवित्त र सानिमा लाईफ इन्स्योरेन्सले वार्षिक साधारण सभा गर्न लागेका हुन् । 

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ७ गते स्थगित गरेको छैठौ वार्षिक साधारण सभा जेठ २३ गतेको लागि तय गरेको हो । रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सभा गर्ने तयारी कम्पनीको छ ।

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिका वर्षको लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्गो लगाउँनेछ । 

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्न लागेको यस कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेको छ । यस आधारमा साधारण सभाको लागि बुक क्लोजको मिति पनि कम्पनीले सोही बमोजिम हुने जानकारी दिएको छ । पुस १६ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । 

त्यस्तै, सोही दिन आईपीओ निष्कासनको प्रस्ताव सहित सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा आव्हान गरिएको हो । 

कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी सानिमा लाईफले पनि सभा भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको छ । आईपीओ पस्ताव सहित आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै सभाले गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । साथै सञ्चालन समितिको सदस्यहरुको बैठक भक्ता तथा अन्य सुविधाहरुको पुनरावलोकन गर्ने विषयमा पनि सभाका लागि तय भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्