ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरप्रति आकर्षण उच्च, साढे ३ अर्बभन्दा बढीको शेयर कारोबार

२०७८ जेठ, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २२, काठमाडौं । यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी नै देखिएको छ । साताको पाँच कारोबार दिनमध्ये तीन दिन कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो । 

पहिलो कारोबार दिन नेशनल हाइड्रोपावर र दोस्रो दिन राधी विद्युत् कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो भने त्यस पछिको तीन ओटा कारोबार दिन नेपाल पुनर्बीमा कम्पनीले सो हिस्सा ओगटेको थियो ।

यो साताको तीन कारोबार दिन सर्वाधिक कारोबार रकमको हिस्सा ओगटेको नेपाल पुनर्बीमा कम्पनीको पाँच कारोबार दिनमा भने रू. ३ अर्ब ५९ करोड ४३ लाख ९९ हजार बराबरको २१ लाख १३ हजार ३६४ कित्ता शेयर कारोबार भएको छ । 

यो साता कम्पनीको मूल्यमा पनि वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. १ हजार ६२५ रहेको कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन रू. १ हजार ७६५ कायम भएको छ । गत साताभन्दा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३५ ले वृद्धि भएको हो ।

गत वर्षको जेठ २८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीले गत वर्षको चैत ४ देखि ७ गतेसम्म आईपीओ विक्री गरी चैत २६ गते बाँडफाँट गरेको  थियो । आईपीओपछि कम्पनीको चुक्तापूँजी रू. १० अर्ब पुगेको छ । पूँजी वृद्धिको अभियानमा कम्पनीले आर्थिक वर्ष २०७७/८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउने प्रक्षेपण गरेको छ । 

कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आकर्षक लाभांश सहित हकप्रद निष्कासन गर्ने हल्लाको कारण शेयर खरीद चाप बढी हुँदा शेयरमूल्य बढेको देखिन्छ । यद्यपी यस विषयमा कम्पनीको आधिकारिक सूचना भने सार्वजनिक भएको छैन । 

आईपीओ विक्री गर्दा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर विक्री गर्ने योजना बनाएको थियो । उक्त वर्ष लाभांश वितरण गर्न बीमा समितिले रोक लगाएपछि पछिल्लो आर्थिक वर्षबाट आकर्षक लाभांश दिने आशा लगानीकर्तामा रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्